नेपाल भित्रियो फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान

१ बर्ष अगाडि

काठमाडौँ - एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिद्धारा फोटोनको १४ र १७ सिटर  इलेक्ट्रिक  भ्यान काठमाडौँ भित्रिएको छ। १४ र १७ सिट क्षमतामा उपलब्ध यी भ्यानहरु कम खर्चका साथै वातावारण मैत्री रहेको कम्पनिले बताएको छ ।

 FOTON EV  भ्यानलाई TÜV राइनल्याण्ड जर्मनीको एक प्रसिद्ध स्वतन्त्र परीक्षण, निरीक्षण र प्रमाणीकरण संस्था, जुन ध्ख्त्ब् का लागि तोकिएको प्राविधिक सेवा प्रदायक पनि हो, द्वारा युरोपेली सम्पूर्ण सवारी साधनको प्रकारको स्वीकृति प्रमाणपत्र दिइएको छ।

कम्पनिका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ KWH छ। यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २३५  किलोमिटरसम्म छ ।  यसको ८५ kw पावर तथा २९० mn टर्क छ  भने  फोटोनका भ्यानहरु  घरमा पनि  चार्ज गर्न सकिनेछ।  यी भ्यानहरु दैनिक यातायातको लागि प्रयोग गर्न सहज र सुलभ हुने कम्पनिको भनाइ छ । फोटोनका भ्यानहरू सैक्षिक संस्था, होटेल, रुट, ट्राभल्स एण्ड टुर्स  र अन्य संस्थाहरूका लागि उपयुक्त छन् जसले मानिसहरूलाई वातावरणमैत्री तरिकाले ढुवानी गर्ने  विश्वास छ ।

दिगो यातायात प्रवर्द्धन र कार्बन उत्सर्जन कम गर्न  एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि पनि प्रतिबद्ध रहेको कम्पनिले जनाएको छ । सन् २०३० सम्ममा शतप्रतिशत विद्युतीय गतिशीलता हासिल गर्ने नेपाल सरकारको लक्ष्य पूरा गर्ने दिशामा पनि यो एउटा महत्वपूर्ण कदम हो ।

‘फोटोन मोटर्सको विद्युतीय यात्रुवाहक भ्यानलाई नेपालमा  ल्याउन पाउँदा हामी हर्षित छौं,’ एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका सीईओले भने । यी सवारी साधनहरू सहरका मानिसहरूलाई भरपर्दो र प्रभावकारी यातायातको माध्यम प्रदान गर्नका लागि डिजाइन गरिएको हो, साथै उत्सर्जन घटाउन र वातावरण संरक्षण गर्न पनि। हामी विश्वस्त छौं कि फोटोनका इलेक्ट्रिक भ्यानहरुले उपभोक्ताको मन जित्ने छन् ।

फोटोन मोटर्सको विद्युतीय यात्रु भ्यानहरू काठमाडौंमा खरिद र टेस्ट ड्राइभको लागि उपलब्ध रहेका छन्। सम्पर्क MAW वृद्धि कमर्शियल भेइकल्स प्रा. लि. को सोरुम तथा डिजिटल माध्यमबाट बुकिंग गर्न सकिन्छ ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया