स्वाद अलैंचीको, मीठास नेपालको परम्परागत र फ्युजन नेपाली परिकारहरुको रेसिपी बुक सार्वजानिक

१ बर्ष अगाडि

काठमाडौँ - वाह अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन अलैंचीको प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरु सहितको पहिलो रेसिपी बुक सार्वजानिक गरेको छ । पुस्तकमा मास्टरशेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य शेफहरुबाट विशेष रुपमा छानिएका ४० भन्दा बढी रेसिपीहरु समावेश गरिएका छन् । साथै रेसिपी बुकमा सेकुवा, चिया  र खीर जस्ता सदाबहार व्यञ्जनहरुका लागि आवश्यक मसलाहरु तयार गर्ने विधि पनि समावेश गरिएको छ ।

यस पुस्तकमा समावेश गरिएका रेसिपीहरु, वाह अलैंची अभियान अन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरु बीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो । सो प्रतियोगितामा अलैंचीलाई मुख्य सामगी्रको रुपमा प्रयोग गरिएको थियो जसमा विराटनगर, सौराहा र काठमाडौँका हाटेलहरुका प्रोफेसनल शेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरु उत्साहका साथ सहभागी भएका थिए । प्रत्यक रेसिपीलाई काठमाडौँका प्रोफेसनल शेफहरुको टोलीद्धारा सावधानीपूर्वक चयन एवं परीक्षण गरिएको थियो । 

सन् २०२२ जुलाई महिनामा नेपाल अलैंची व्यवसायी महासंघले उधोग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ र स्वीस सरकार विकास सहयोग (स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन)को सहयोगमा हाटेल एसोसिएसन नेपालसँगको सहकार्यमा, वाह अलैंची अभियान शभारम्भ गरिएको थियो । यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्ता माझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रिय रहेको छ । साथै, यो अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ ।

हाल दोस्रो चरणमा रहेको वाह अलैंची अभियानले नेपाली बजार र घरघरमा अलैंचीको प्रयोग र उपयोगलाई प्रवर्दधन गर्ने भएको छ । यो अभियानलाई अलैंचीलाई प्रवधन गर्न प्रमुख सरोकारवालाहरुसँगको सहकार्यमा केन्द्रिय हुने छ र साथै रेसिपी बुकको प्रवधन गर्न संचार माध्यम, निजी क्षेत्र र होटल  एसोसिएसनसँग पनि काम गर्ने उल्लेख गरिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया