परिवर्तन हुँदै ट्विटरको नियम

आइतबार, १५ माघ २०७९, १३ : ३२

काठमाण्डौँ - एलन मस्कको प्रवेशपछि ट्विटरमा हरेक दिन कुनै न कुनै नयाँ परिवर्तन भइरहेका छन्। 

कम्पनीले अकाउन्ट निलम्बन गर्ने नीति परिवर्तन गरेको छ। कम्पनीले शुक्रबार यसबारे जानकारी दिएको हो। 

 नयाँ परिवर्तन फेब्रुअरी १ देखि लागू हुँदै छ। यस अन्तर्गत प्रयोगकर्ताले आफ्नो अकाउन्ट निलम्बनका बारेमा अपिल गर्न सक्ने छन्।

अकाउन्ट रिस्टोर गर्नका लागि सामाजिक मिडिया प्लेटफर्म नयाँ मापदण्डअन्तर्गत समीक्षा गरिनेछ। नयाँ मापदण्डअन्तर्गत प्लेटफर्मको नीतिको बारम्बार उल्लंघन गरेमा मात्र ट्विटर अकाउन्ट निलम्बन गर्न सकिन्छ।

गम्भीर नीति उल्लंघनको अवस्थामा अकाउन्टहरु पनि निलम्बन गर्न सकिन्छ। गम्भीर नीति उल्लंघनहरुमा अवैध सामग्री वा गतिविधि, कसैलाई धम्की दिने वा हानी पुर्याउने र उत्पीडनजस्ता कुरा समावेश छन्। ट्विटरले आगामी दिनमा ‘गम्भीर एक्सन’ कम मामिलामा गरिने जनाएको छ।

भविष्यमा अकाउन्ट निलम्बित गर्नुको सट्टा सोसल मिडिया प्लेटफर्मले यसको पहुँच कम गर्नेछ वा प्रयोगकर्ताले ट्विट डिलिट गर्नुपर्ने हुन सक्छ। कम्पनीले अकाउन्ट प्रयोग गर्नुअघि ट्विट मेटाउन अनुरोध गर्न सक्छ।

एलन मस्कले ट्विटर सम्झौताको समयदेखि अकाउन्ट निलम्बनको विरोध गर्दै आएका थिए। सम्झौता पूरा भएपछि धेरै लोकप्रिय ट्विटर अकाउन्टहरु रिस्टोर गरिएका छन्, जुन पहिले प्रतिबन्धित वा निलम्बन गरिएको थियो। यो सूचीमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि परेको छ।

हालै बलिउड अभिनेत्री कंगना रनौतको अकाउन्ट पनि रिस्टोर भएको छ। कंगनाको अकाउन्ट करिब दुई वर्षअघि प्रतिबन्धित भएको थियो। 

अब प्लेटफर्ममा तीन प्रकारका भेरिफिकेसन ब्याज दिइँदैछ। जहाँ सरकारी निकाय, अधिकारी र मन्त्रीले खैरो रङको ब्याज पाउँछन्।

त्यस्तै कम्पनीहरुलाई पहेँलो ब्याज दिइएको छ। जब कि व्यक्तिगत प्रयोगकर्ताले ब्लु टिक प्राप्त गरिरहेका छन्।  

    

आइतबार, १५ माघ २०७९, १३ : ३२

प्रतिक्रिया