दैनिक हजारौँ कर्मचारी कटौती गर्दै आईटी कम्पनीहरु

१ बर्ष अगाडि

काठमाण्डौँ - आईटी क्षेत्रका कर्मचारीका लागि सन् २०२३ को सुरुवात निकै खराब साबित भएको छ। 

अन्तर्राष्ट्रिय स्तरमा जनावरी महिनामै दैनिक औसतमा ३ हजार ४०० भन्दा बढी आईटी क्षेत्रका कर्मचारीलाई जागिरबाट निकालिएको छ। समाचार एजेन्सी आईएएनएसका अनुसार माइक्रोसफ्ट र गुगलजस्ता ठूला टेक कम्पनीहरु पनि यो सूचीमा परेका छन्। 

 लेअफ्ज डट एफवाईआईबाट प्राप्त तथ्यांकअनुसार २१९ कम्पनीले जनवरीमा हालसम्म ६८ हजारभन्दा बढी कर्मचारीलाई जागिरबाट निकालेका छन्। 

समाचारका अनुसार सन् २०२२ मा १ लाख ५४ हजार ३३६ कर्मचारीलाई जागिरबाट निकालेका छन्। सन् २०२२ को टेक्नोलोजी कर्मचारीहरुको ठूलो मात्रामा कटौती नयाँ वर्षमा पनि जारी छ। 

रिपोर्टका अनुसार सन् २०२३ मा अधिकांश अर्थशास्त्रीहरुले आउँदो समयमा आफ्ना कम्पनीहरुले तलब कटौती गर्न सक्ने भविष्यवाणी गरेका छन्। नेसनल एसोसिएसन फर बिजनेस इकोनोमिक्सद्वारा सर्वेक्षण गरिएका अर्थशास्त्रीहरुमध्ये केवल १२ प्रतिशतले उनीहरुको फर्मले आगामी ३ महिनामा रोजगारी बढाउने प्रक्षेपण गरेका छन्। जुन यस गिरावटको २२ प्रतिशतबाट कम हो।

नेसनल एसोसिएसन फर बिजनेस इकोनोमिक्सका अध्यक्ष जुलिया कोरोनाडोका अनुसार यो वर्ष मन्दीमा प्रवेश गर्न लागेको छ। जुन व्यापक चिन्ताको विषय हो। 

विज्ञापनबाट हुने आम्दानी घटेपछि आईटी कम्पनीहरुको लागत थपिएको छ। धेरै प्राविधिक कम्पनीहरुले विज्ञापनबाट पैसा कमाउँछन्। आंशिक रुपमा महामारीका कारणले विश्वव्यापी मन्दीको डरले गर्दा गत वर्ष विज्ञापनबाट हुने आम्दानी घट्यो। यही नै कर्मचारी कटौतीको मुख्य कारण बनेको छ।   

 

१ बर्ष अगाडि

प्रतिक्रिया