विदेशी मुद्राको विनिमय दर

१ बर्ष अगाडि

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । 

जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ १० पैसा र बिक्रीमा १३० रुपैयाँ ७० पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ५९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६१ रुपैयाँ ५१ पैसा र बिक्रीमा १६२ रुपैयाँ २५ पैसा र स्वीस फ्र्याङ्क १४१ रुपैयाँ ६४ पैसा र बिक्रीमा १४२ रुपैयाँ २९ पैसा तोकिएको छ ।
 
यसैगरी, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रुपैयाँ १३ पैसा, सिङ्गापुरे डलर एकको खरिददर ९९ रुपैयाँ २० पैसा र बिक्रीदर ९९ रुपैयाँ ६६ पैसा, जापानी येन १० रुपैयाँ २ पैसा र बिक्रीदर १० रुपैयाँ ६ पैसा, चाइनिज युआन एकको खरिदमा १९ रुपैयाँ २७ पैसा र बिक्रीमा १९ रुपैयाँ ३६ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८२ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ६८ पैसा पर्नेछ । 


त्यस्तै, मलेसियन रिंग्गेट एकको खरिदमा ३० रुपैयाँ ६६ पैसा र बिक्रीमा ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ ६० पैसा र बिक्रीमूल्य १० रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ २४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ २० पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३४५ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ३४६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया