फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनलद्धारा  देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरू

१ बर्ष अगाडि

काठमाडौँ- नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रा.लि.ले आज देखि सुरू हुने गरी "Switch to Premium Car Culture" नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ।

 आफुसंग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि बुधबार (माघ १८) देखि लागु हुने गरी देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरू गर्न लागेको हो।

आफ्नो पुरानो गाडी साटेर नयाँ फक्सवागनको गाडी खरिद गर्ने ग्राहकहरुले पुरानो गाडीमा बजारमा पाउने मूल्यांकन भन्दा राम्रो मूल्यांकन दिईने कम्पनिको दाबी छ। यसका साथै, योजना अवधिभर ग्राहकहरुले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन्। साथै फ्रि एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ। यसका साथै ३ जना भाग्यसाली ग्राहकहरुले लक्जरी रिसोर्टमा स्टेकेसन पनि जित्न सक्नेछन्।
हाल नेपालमा फक्सवागनका Polo, Taigun, Allspace Touareg भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन्। 

फक्सवागनको गाडीहरू १ वर्ष वा १५,००० किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरुको समय बचाउन मद्दत गर्दछ, २ वर्षको अनलिमिटेड केयम वारेन्टी र प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी उपलब्ध गराउने गरेको छ। 

पूजा इन्टरनेशनल नेपाल प्रा। लि। ले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको बिक्री र वितरण गर्दै आएको छ। अतुलनिय स्टाइल, आराम र विलासिताको साथै सुरक्षा मापदण्डका हिसाबले उत्कृष्ट निर्माण भएका कारण नेपालमा बिक्री वितरण सुरू भएदेखि नै फक्सवागन नेपाली कार पारखीहरूका बीचमा निकै लोकप्रिय ब्रान्डको रूपमा स्थापित भएको छ। 

१ बर्ष अगाडि

प्रतिक्रिया