आईओसीले पठायो नेपालमा नयाँ मूल्यसूची

बुधबार, १८ माघ २०७९, १५ : १६

काठमाडौँ- भारतीइ आयल कर्पोरेसन (आईओसी) ले इन्धनको भाउ बढाएर नेपालमा नयाँ मूल्यसूची पठाएको छ। 

नेपाल आयल निगमले आईओसीले मंगलबार साँझ पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएर पठाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ। 


नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ र मट्टीतेलमा ४.८०  रुपैयाँले बढेको छ। हवाई इन्धनमा पनि लिटरमै ७.५० रुपैयाँले बढेर आएको निगमले जनाएको छ। 

नयाँ मूल्य आएपछि निगमललाई पाक्षिक ९१५ दिन०मा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा जाने देखिन्छ। 

भारतबाट बढेर नयाँ मूल्य आए पनि निगमले मूल्य समायोजन गरेको छैन। 

 

बुधबार, १८ माघ २०७९, १५ : १६

प्रतिक्रिया