भिजन सेक्युरिटिजद्धारा कल सेन्टर सञ्चालनमा

१ बर्ष अगाडि

काठमाडौँ- भिजन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ३४) ले ग्राहकको सहजताका लागि कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ। 

भिजनले काठमाडौँको अनामनगरस्थित मुख्य कार्यालयमा कल सेन्टर सेवा सञ्चालनमा ल्याएको हो। शाखा सञ्जालमा भएको वृद्धि तथा अनलाइन कारोबार प्रणाली आएपश्चात सेयर कारोबार तथा ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भएकोले ग्राहकको सहजताका लागि कल सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। 


‘एकै समयमा धेरै ग्राहकले केन्द्रीय कार्यालयमा फोन सम्पर्क गर्दा फोन व्यस्त भई ग्राहकलाई प्रदान गरिने सेवा प्रवाहमा कमी नहोस् भन्ने उद्देश्य तथा समयसापेक्ष सेवामा सुधार गर्न आवश्यकता महसुस गरी मुख्य कार्यालयमा कल सेन्टर सेवा सञ्चालनमा ल्याइएको हो’, भिजनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कल सेन्टरबाट एकै पटकमा १५ वटा कल रिसिभ गर्न सकिने भएकोले दैनिक कामकाज सहज भई सेवा प्रवाहसमेत चुस्तदुरुस्त हुने अपेक्षा लिएका छौँ।’

ग्राहक तथा सरोकारवालाले आफ्नो आवश्यकताअनुसार विभागको एक्सटेन्सन नम्बर प्रयोग गरी सेवा लिक्ने कम्पनीले जनाएको छ। यसका लागि ०१–५९७०३३४ मा सम्पर्क गरी एक्सटेन्सनहरु लेखा शाखाका लागि १, कारोबार शाखाका लागि २, डिम्याट शाखाका लागि ३, टीएमएस सपोर्टका लागिव ४, सीएनएस तथा सेयर ट्रान्सफरका लागि ५ र ग्राहक तथा अपरेटर सेवाका लागि ० मा डायल गर्न सक्ने भिजनले जनाएको छ। 

भिजनले हाल उपत्यकाबाहिर बनेपा, भैरहवा, कावासोती, दमौली र बेनीमा शाखा कार्यालय सञ्चालन गरिरहेको छ। पछिल्लो समयमा  कास्कीको बिरौटा, इलामको इलाम बजार, कैलालीको टीकापुर र कपिलवस्तुको चन्द्रौटामा नेपाल धितोपत्र बोर्डबाट शाखा सञ्चालनका लागि पूर्वाधार तयार गर्न पत्र प्राप्त भएको भिजनले जनाएको छ। कास्कीको बिरौटा शाखाको निरीक्षण भई स्वीकृति प्राप्त भएको र अन्य शाखाहरुमा तोकिएको पूर्वाधार तयार गरिसकिएको र निरीक्षणका लागि नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन पेस गरिसकिएकोले निरीक्षणपश्चात अन्तिम स्वीकृति प्राप्त भएसँगै निकट भविष्यमा नै ती स्थानमा पनि शाखा सञ्चालन गरिने कम्पनीले जनाएको छ। 

१ बर्ष अगाडि

प्रतिक्रिया