खुल्यो स्मार्टफोनहरूको प्रि–अर्डर

१ बर्ष अगाडि

काठमाडौँ - सामसङले ग्यालेक्सी एस सिरिजको, ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ बुधबार नेपाली बजारमा सार्वजनिक गरेको छ।

यसका लागि कम्पनीले यि स्मार्टफोनहरूको प्रि–अर्डर समेत खुल्ला गरेको छ।

सामसङ ग्यालेक्सीमा भएको एपिक क्यामेराले प्रयोगकर्ताहरूलाई उनीहरूको रचनात्मकता अन्वेषण गर्न अझ स्वतन्त्रता प्रदान गर्ने कम्पनीले बताएको छ। 

ग्राहकहरूले प्रि–अर्डरका लागि वेबसाइट क्लिक गरेर आफ्नो नाम दर्ता गराउन सक्ने व्यवस्था रहेको छ। 

साथै, आफ्नो नजिकको सामसङ फोन स्टोरहरूमा गएर पनि नयाँ फोनको बुकिङ गराउन सकिने छ। 

फोनको अग्रिम बुकिङ फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुने कम्पनीको भनाइ छ।

साथै, मासिक ६ हजार ४ सयमा शून्य प्रतिशत ब्याजमा पनि यो फोन खरिद गर्न सकिने कम्पनीले बताएको छ। 

कम्पनीका अनुसार एक वर्षको लागि एक पटक ब्रेकेज बीमा पनि उपलब्ध गराउँदै आएको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया