काठमाडौं - सहसचिव नारायण सापकोटा २३ महिनामा पाचौं महानिर्देशकको रुपमा राजस्व अनुसन्धान विभागमा नियुक्त भएका छन् ।
हालका महानिर्देशक मदन दाहाललाई तीन महिनामा फिर्ता गरेर सापकोटालाई त्यहां पठाइएको हो । राजस्व महानिर्देशक छोटो समयमा परिवर्तन गरिरहेको प्रधानमन्त्री कार्यालयले यसको कारण भने कहिल्यै खुलाउने गरेको छैन । यसरी महानिर्देशक फेरिरहंदा एक जनाको कार्यकाल सरदर साढे चार महिना मात्र हुने गरेको छ । राजूव चुहावटका संभावना रहेका निकायमा छापा मारेर अनुसन्धान तथा कारबाही गर्ने र मुद्धा चलाउने अकिार विभागलाई छ ।
राजस्व चुहावट रोक्न प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यले अनुसन्धान विभागलाई अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याएको ६ वर्षमा सुरुमा दीर्घराज मैनालीले सबैभन्दा लामो समय ३३ महिना काम गर्ने अवसर पाएका थिए । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले डेढ वर्षमा चार जना महानिर्देशक फेरे । प्रधानमन्त्री भएको १० दिनमा प्रचण्डले महानिर्देशक परिवर्तन गरेका छन् । अर्थ मन्त्रालयमा लामो समय काम गरे सेवा निवृत्त भएका पूर्व सहसचिव महानिर्देशक शिघ्र परिवर्तन हुनुमा आर्थिक चलखेल भएको बताउंछन् ।
प्रतिक्रिया