यामाहाको रोम्यान्टिक 'कि टु द गोल्डेन हार्ट ' स्किम

सोमबार, २३ माघ २०७९, १८ : ४९

काठमाडौं - भ्यालेन्टाइनको अवसरमा यामाहाले अत्यन्त रोमान्चक र रोम्यान्टिक स्किम ल्याएको छ, जसमा अद्भूत सरप्राईजहरु रहेका छन्। ‘की टू द गोल्डेन हार्ट' स्किमले १ लाखसम्मको क्यासब्याकको मजेदार अफर पनि ल्याएको छ। 

हरेक हप्ता यमाहाले एउटा सुनको लकेट र यामाहाको सुनको चाबीपनि उपहार स्वरूप दिने छ। लक्की ड्र मार्फत हरेक हप्ता बिजेताको घोषणा गरिने छ । यो अफर यामाहाका सिमित मोडेलहरुको खरिदमा मात्र उपलब्ध हुने छ। यी मोडेलहरु FZ-S FI Version 3.0, FZ-S FI Version 2.0, FZ FI Version 2.0, SZ-RR Version 2.0, Saluto 125 cc, Ray ZR 125 FI, Fascino 125 FI Ray Z 113 cc रहेका   छन्। यो अफर यामाहा स्कुटरमा १(१७ फेब्रुअरी, २०२३ सम्म मात्र लागु हुने छ भने, यामाहाको बाकइहरुमा १९ जनवरी, २०२३ देखी नयाँ योजना घोषणा नगरेसम्म लागू हुने छ ।

खरिदकर्ताले एकै पटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेको खण्डमा, यामाहासँग वैकल्पिक प्रस्ताव पनि छ। खरिदकर्ताले सबैभन्दा कम डाउनपेमेन्टको विकल्प रोज्न सक्छ जुन पूर्ण रकमको २०% हो। यो अफर ९.९९% को न्यूनतम ब्याजदरमा पनि उपलब्ध छ ।  फेब्रुअरी महिना प्रेमको प्रतीक रहेको हुँदा, परस्परको यही प्रेम र आत्मियता मनाउँदै, यामाहाले एक आकर्षक साप्ताहिक उपहार ल्याएको छ। एउटा सुनको लकेट र यामाहाको सुनौलो चाबीको साप्ताहिक उपहार प्राप्त गर्ने अफर रहेको छ । यो अफर यामाहा फाइनान्स, एम्.ए.डब्लु इन्भेष्टमेन्ट प्रा. लि. द्वारा संचालन गरिएको हो ।

मायाको याममा कि टु द गोल्डेन हार्ट अफर सुरु गर्न पाउँदा   अत्यन्तै हर्षित भएको कम्पनीले बताएको छ । यो योजनाले बाइक उत्साहीहरूलाई कम डाउन पेमेन्ट र न्यून ब्याज दरमा बाइक र स्कुटर किन्न पाउने उत्कृष्ट अवसर प्रदान गर्ने छ भन्ने कम्पनीको दृढ विश्वास छ। यामाहा नेपालका मार्केटिङ प्रमुख यम गुरुङले सहमति जनाएका छन् ।


 
 

सोमबार, २३ माघ २०७९, १८ : ४९

प्रतिक्रिया