काठमाडौं - चालु आर्थिक बर्षको ६ महिनामा नेपालले १० अर्ब मुल्य भन्दा माथीको सुन भित्राएको छ ।
भन्सार बिभागका अनुसार गत छ महिनामा १० अर्ब ९५ करोड ७१ लाख ९१ रुपियाँ मुल्य बराबरको सुन भित्राएको हो । जसअनुसार ६ महिनामा १५ लाख १६ हजार ५८६ ग्राम अर्थात् एक हजार ५१६ केजी सुन आयात भएको छ ।
सो अवधिमा ३२ करोड ४८ लाख १८ हजार रुपियाँ बराबरको ३५ लाख २३ हजार ग्राम अर्थात् तीन हजार ५२३ केजी चाँदी आयात भएको भन्सार बिभागले जनाएको छ । भन्सार बिभागका अनुसारा सुनचाँही आयताको तुलनामा यसअबधिमा निर्यात भने घटेको छ ।
प्रतिक्रिया