काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले सरकारी संस्थाहरुलाई यही पुस मसान्तभित्रै साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ।
काठमाण्डौ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी काठमाण्डौ महानगरभित्र कार्यक्षेत्र भएका सहकारीहरुलाई यस्तो निर्देशन दिएको हो। साधारणसभा सम्पन्न भएको मितिले १५ दिनभित्र साधारणसभाबाट पारित प्रमाणित प्रतिवेदन काठमाण्डौ महागरपालिकाको सहकारी विभागमा बुझाउन पनि निर्देशन दिइएको छ।
साधारणसभा सञ्चालन गर्दा सहकारी संस्थाको साधारणसभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ तथा तल उल्लेखित विषयलाई आधार लिन पनि विभागले अनुरोध गरेको छ।
यस्तो छ सूचना
प्रतिक्रिया