सुन-चाँदीको भाउ स्थिर

मंगलबार, २४ माघ २०७९, ११ : १७

काठमाण्डौँ - कारोबारको तेस्रो दिन मंगलबार सुन–चाँदीको भाउ स्थिर रहेको छ। 

आज प्रतितोला छापावल सुन १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार १०० रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

 हिजो सोमबार पनि सुनको भाउ प्रतितोला छापावल सुन १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३२० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ हिजो पनि स्थिर रहँदै तोलाको १ हजार ३२० रुपैयाँमै कारोबार भएको थियो। 

  

मंगलबार, २४ माघ २०७९, ११ : १७

प्रतिक्रिया