काठमाडौँ - सानिमा लाइफ इन्सुरेन्सको खुद नाफा २३.६३% ले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअधिमा सानिमाले ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा जीवन बिमा कोषको आकार ४४.३८% ले बढेर ४ अर्ब ८ करोड ५३ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।
यता, खुद बिमा शुल्क आर्जन ०.८५% ले मात्र बढेर १ अर्ब १७ करोड २० लाख रुपैयाँ पुगेको छ । सानिमाका रिजर्भ कोष ८.०२% ले बढेर ३५ करोड ९० लाख रुपैयाँ कायम भएको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ६२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १२० रुपैयाँ १९ पैसा छ । हाल यो इन्सुरेन्स रिलायन्स लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।
प्रतिक्रिया