काठमाडौं - अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशाशक समान्था पावरले नेपाललाई ७ अर्ब रुपैयाँभन्दा धेरै आर्थिक सहयोगको घोषणा गरेका छन् ।
नेपाल भ्रमणमा रहेका पावरले नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका लागि उनले ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) को आर्थिक सहयोग घोषणा भएको हो ।
उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो । सो रकम नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन खर्च हुने जनाइएको छ ।
प्रशाशक पावरले यसै वर्ष पारदर्शी तथा शान्तिपूर्ण आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायहरूको समावेशीकरणलाई अगाडि बढाउने, आफ्ना युवाहरूको सशक्तिकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको जनाइन् । यस कार्यमा अमेरिकाको साझेदारी रहने उनको भनाइ छ ।
प्रतिक्रिया