काठमाडौँ - काठमाडौँस्थित भृकुटीमण्डपमा जारी २८औं क्यान इन्फोटेक–२०२३ मा यी दुई ठुला सेवा प्रदायक कम्पनीहरूले निःशुल्क सिम वितरण गरिरहेको हो।
सेवाग्राहीले नयाँ सिम लिन चाहेमा सम्बन्धित व्यक्तिको पहिचान खुल्ने कागजात जस्तै नागरिकता, लाइसेन्स, पान नम्बर अथवा ड्राइभिङ लाइसेन्सको फोटोकपी र एउटा फोटो लिएर नयाँ सिम दर्ता गर्न सक्ने जनाइएको छ।
प्रदर्शनीमै नेपाल टेलिकम प्रयोगकर्ताहरूले भने हाल प्रयोग गरिरहेको सिमलाई निःशुल्क ई–सिममा अपग्रेड गर्न सक्ने छन्।
मंगलबारदेखि जारी क्यान इन्फोटेक प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन्।
प्रतिक्रिया