काठमाडौँ-सामसङ्गले अत्यन्त चासोका साथ प्रतिक्षा गरिएको आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन, सामसङ्ग ग्यालेक्सी एस२३ लाई हायात होटलमा यही २०७९ माघ २५ गते आयोजित एक भव्य कार्यक्रममा प्रस्तुत गरेको छ ।
ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३+, र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरुको अन्भेल सामसङ्गका सह उपाध्यक्ष श्री सुङ जुन पार्क, सामसङ्गका निर्देशक श्री प्रणय रत्न स्थापित, लोकप्रिय नायक श्री अनमोल के.सी. र मिस नेपाल २०२२ सुश्री प्रियँका रानी जोशीद्वारा संयुक्त रुपमा गरियो । समारोहमा आमन्त्रीत अतिथिहरुले सामसङ्गको नवीनतम उत्पादनको बारेमा जानकारी लिन व्यग्रता प्रदर्शन गरेका थिए ।
सामसङ्गका निर्देशक श्री प्रणय रत्न स्थापितले भन्नु भयो “ग्यालेक्सी एस२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामराका साथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईंको संसारलाई शार्पर फोकसमा ल्याइदिन्छ । यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन ८ जेन २ ले दिने गेमिङ्ग एक्सपेरियन्स्लाई कसैले मात दिन सक्दैन । हामी नेपालमा ग्यालेक्सी एस२३ प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित भएका छौं, जुन एक अल्तिमेट प्रिमियम स्मार्टफोन हो, जसले ग्रहकहरुलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत गर्नेछ ।”
ग्यालेक्सी एस२३ स्मार्टफोनहरु यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एकस्पेरियस्का लागि डिजाइन गरिएका छन्। ग्यालेक्सी एस२३ सिरिजमा असाधारण क्षमताका क्यामराहरु जडान गरिएका छन्, जसले ग्राहकहरुलाई कुनै पनि लाइतिंगमा फोटोहरु र भिडियोहरु खिच्नका लागि अगाडि र पछाडिको दुवै क्यामरा प्रयोग गर्न मिल्छ, फ्युचर–रेडी मोबाइल गेमिङ्गको अनुभव दिलाउँछ । यो एको फ्रेन्ड्ली डिभाइस हो जसकोे निर्माणमा पहिलेको भन्दा दुई गुणा बढि चभअथअभिम गरिएका सामग्रीहरु प्रयोग भएको छ ।
आर्कषक फाइदाहरुका साथ प्याक गरिएको एस२३ सिरिज शुन्य प्रतिशत ब्याजदरमा मासिक न्यूनतम किस्ता ने.रु.६४००÷ बाट सुरु भइ उपलब्ध छ । सामसङ्गले एक पटकको लागि ब्रेकेज इनसुरेंस एक वर्षको लागि उपलब्ध गराएको छ भने सामसङ्ग फोनहरु अपग्रेड गर्न इच्छुक ग्राहकहरुलाई उनीहरुको मोबाइलको लागि बढीमा रु.८०००÷सम्मको लाभ प्रदान गर्ने गरी साट्ने अवसर पनि दिएको छ ।
ग्यालेक्सी एस२३ स्मार्टफोनले विश्वसनीय प्रिमियम स्मार्टफोनहरुको बारेमा चर्चा चल्दा यसको स्थरजथ बढाउँदै स्मार्टफोनले के सम्म गर्न सक्छ भनेर नयाँ स्ट्यान्डर्र्ड स्थापित गरेको छ ।
प्रतिक्रिया