सेगवे नाइनबटको आकर्षक सुविधा सार्वजानिक

शुक्रबार, २७ माघ २०७९, १५ : १२

काठमाडौँ - सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विके्रता आइ.हब प्रा.लिले एन सिरीज अन्र्तगतको नयाँ ई स्कुटर सार्वजानिक गरेको छ । अलि बढी पावरको साथ अझ प्रभावशाली, नाइनबट N१०० एन सिरीज अन्र्तगत नेपाली बजारमा सार्वजानिक पहिलो ई स्कुटर हो । N१०० सहरी क्षेत्रको यात्रामा शैली, आराम र दक्षता ल्याउन डिजाइन गरिएको आधुनिक गतिशीलताको लागि नयाँ समाधान हो जसले चालकहरुलाई नयाँ र उच्च स्तरको सुविधा प्रदान गर्दछ ।

सेगवेले गा्रहकहरुको उपस्तिथतिमै भर्खरै बजारमा ल्याउँदै गरिएको N१०० लगाएत अन्य उत्पादनहरु अनुभव गर्नको लागि रमाइलो कार्निभल आयोजना गर्दै छ । कार्यक्रम यही माघ २७ देखि फाल्गुन ५ गतेसम्म ललितपुरको झम्सिखेलमा हुने छ । सहभागीहरुको सेगवेका नयाँ उत्पादनहरुको टेस्ट राइड गर्ने र सेगवेका अन्य नवीन उत्पादनहरुकोसँग रेसिंग सेगवे मार्फत अनुहारमा मुस्कान ल्याउने विशेष अवसर हुने सेगवेको विश्वास रहेको छ ।

शुक्रबार, २७ माघ २०७९, १५ : १२

प्रतिक्रिया