नयाँ सुविधा ल्याउदै राकुटेन भाइबर

शुक्रबार, २७ माघ २०७९, १६ : २६

 काठमाडौं - राकुटेन भाइबर, निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वव्यापी अग्रणी एपले नयाँ स्टोरेज व्यवस्थापन सुरु गर्ने घोषणा गरेको छ। यो नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई आफ्नो स्टोरेजको नियन्त्रण दिन्छ र सजिलै चाहिएको बेला स्पेस खाली गर्न सकिनेछ। सिमित स्टोरेज भएका प्रयोगकर्ताहरुले अब भाइबर एप अझ बढी प्रभावकारी रुपमा निश्चिन्त भएर प्रयोग गर्न सक्ने छन्।

भिडियोहरु,एआर लेन्स,तस्बिरहरु,लगायत अन्तरक्रियात्मक सञ्चारका अन्य प्रकृयाहरुका कारण मिडिया मेसेजहरू ठूलो मात्रामा बढिरहेका छन्, जसको कारण पुरानो मोबाइल उपकरणहरूको संस्करणहरूलाई डाटा ह्यान्डल गर्न चुनौतीपूर्ण बनेको छ। स्टाटकाउन्टर ग्लोबलस्टाटको अनुसार, लगभग ४०५ मोबाइल र ट्याब्लेट प्रयोगकर्ताहरूले,एन्ड्रोइड संस्करण ११.० वा सोभन्दा कम प्रयोग गर्छन्। यो कारणले थुप्रै मानिसहरु कम स्टोरेजको समस्या भोगिरहेका छन्। 

भाइबरको नयाँ  स्टोरेज म्यानेजमेन्ट सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नो सम्पूर्ण भाइबर एपबाट क्यास क्लिन गर्न वा कुन च्याटहरूलाई स्पेस  खाली गर्न आवश्यक छ भन्ने जानकारी र सुविधा समेत दिने छ। स्टोरेज म्यानेजमेन्टले प्रयोगकर्ताहरूलाई तिनीहरूको उपकरणमा भाइबरले कति ठाउँ लिन्छ भनेर हेर्न मद्दत गर्दछ । साथै तिनीहरूसँग कति कुल स्टोरेज खाली छ कति खाली स्टोरेज बाँकी छ र प्रत्येक च्याटले कति स्टोरेज प्रयोग गर्दछ जस्ता जानकारी भाइबरले दिने छ। 

प्रयोगकर्ताहरूले प्रत्येक च्याटमा हटाउन चाहेका फाइलहरू छनौट गरेर अनावश्यक फाइलहरू डिलिट गर्न  सक्छन्। यसले  च्याटबाट कुनै पनि नचाहिएको मिडिया सामग्रीहरू जस्तै भिडियोहरू, तस्बिरहरु वा फाइलहरू डिलिट गर्न मद्दत गर्छ । यसरी डिलिट गर्दा, जुन प्रयोगकर्ताले डिलिट गरेको हो, उसको च्याटमा स्टोरेज खाली हुन्छ जबकि कुराकानीमा अन्य सहभागीहरूका लागि मिडिया फाइलहरू हट्नेछैन । यदि प्रयोगकर्ताहरूले एपमा प्राप्त फाइलहरू पहिले नै डाउनलोड गरिसकेका छन् भने, ती फाइलहरू प्रयोगकर्ताको उपकरणमा सुरक्षित रूपमा स्टोर  हुने छन्।

हामी हाम्रो नयाँ स्टोरेज म्यानेजमेन्ट सुविधा घोषणा गर्न उत्साहित छौं जसले भाइबर एपलाई विश्वव्यापी रूपमा अझ बढी पहुँचयोग्य बनाउने छ।  हामी हाम्रा सबै प्रयोगकर्ताहरू नवीनतम उच्च प्रविधि उपकरणहरूको आवश्यकता बिना नै परिवार र साथीहरूलाई चाहेको धेरै मेसेजहरू पठाउन सक्षम हुन् भन्ने चाहन्छौं।राकुटेन भाइबरका सीईओ ओफिर इयालले भने। ूहामी विश्वास गर्छौं कि यो सुविधा हाम्रा प्रयोगकर्ताहरूका लागि गेम चेन्जर हुनेछ र उनीहरूको उपकरणमा स्टोरज खाली गर्नमा उत्कृष्ट अनुभव प्रदान गर्ने छ।
    
 
  

शुक्रबार, २७ माघ २०७९, १६ : २६

प्रतिक्रिया