साफ महिला यु–२० को नेपाली टोली स्वदेश फर्कियो

१ बर्ष अगाडि

 काठमाडौँ - दक्षिण एसियाली फुटबल महासंघ ९साफ० महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ ।

पाली टोली २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बिमान बंगलादेशको फ्लाइटमार्फत शुक्रबार दिउँसो स्वदेश फर्किएको हो । 

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा० का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । प्रतियोगितामा सहभागी हुन नेपाली टोली १८ माघमा बंगलादेश प्रस्थान गरेको थियो ।

नेपाल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा बिहिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली बंगलादेशसँग ३–० ले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया