क्यान इन्फोटेक मेलामा आइएमई पे को विशेष सुविधा

शनिबार, २८ माघ २०७९, १२ : ३०

काठमाडौं - क्यान इन्फोटेक मेलामा आइएमई पे ले अफर योजना ल्याएको छ । मंगलबार देखि सुरु भएको मेलामा अवलोकनकर्ताहरुको यस स्टलमा बढी भिड रहेको छ।

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले मोबाइल रिचार्जमा नयाँ थप अफर, क्यास ब्याक र फ्रि भिजा कार्डको अफर ल्याएको छ।

डिजिटल भुक्तानी लागि प्रख्यात आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरुको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ ।

यसै सेवामा थप प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाइल रिचार्जमा थप २५ क्यासब्याकको अफर ल्याएको छ । आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा ५५ क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा २५ क्यासब्याक पनि पाउने छन।

यस क्यासब्याक अफरलाई अझ रमणीय बनाउन कम्पनीले एक जना भाग्यशाली विजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने बताएका छन् । सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा रू। ५० को १० टप–अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले प्रष्टाएका छन् ।   

मेलामा प्रयोगकर्ताहरुले सकारात्मक प्रतिकृया दिएको कम्पनीको बन्देस अधिकारीले बताए ।

 

शनिबार, २८ माघ २०७९, १२ : ३०

प्रतिक्रिया