बजेटको मध्यावधि समीक्षा गर्न आज अर्थ मन्त्रालय पत्रकार सम्मेलन गर्दै

आइतबार, २९ माघ २०७९, ०८ : ४५

काठमाडौँ – आज सरकारले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्ने भएको छ। 

आइतबार अर्थ मन्त्रालयले  पत्रकार सम्मेलन गरी बजेटको मध्यावधि समीक्षा गर्ने भएको हो । आज अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गरि चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्ने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जानकारी दिएको हो । 


 अर्थमन्त्री  पौडेलको सचिवालयका अनुसार पत्रकार सम्मेलन आज अपराह्न ५ बजे हुनेछ। 

आइतबार, २९ माघ २०७९, ०८ : ४५

प्रतिक्रिया