काठमाडौँ - इन्टरनेटको सुरुवाती चरणमा सर्चिङ ब्राउजरको रुपमा सबैभन्दा बढी प्रयोग हुने ‘इन्टरनेट एक्सप्लोर’ २६ वर्षपछि आज पूर्ण रूपमा बन्द भएको छ ।
इन्टरनेट एक्सप्लोरर एक वेव ब्राउजर हो, जसको सहायताले इन्टरनेट सञ्जालमा रहेका सामग्रीहरू हेर्न र ब्यवस्थापन गर्न सकिन्छ। यसको निर्माण माइक्रोसफ्ट कर्परेशन इन्कर्पोरेटेड लिमिटेड , संयुक्तराज्य अमेरिकाले गरेको हो। यसको सुरुवाती डिजाइन मोजाइक वेब ब्राउजरबाट लिइएको हो।
माइक्रोसफ्टले आफ्नो सबैभन्दा पूरानो इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोरर आजदेखि सधैका लागि बन्द गरेको हो । यसको प्रयोगमा सबैको आ–आफ्नै अनुभव छन् । तर, पछिल्लो समय अन्य ब्राउजरले पाएको लोकप्रियताका कारण प्रयोगकर्ता गुमाउँदै गएका कारण कम्पनीले यसलाई बन्द गर्ने अप्रिय निर्णय लिएको हो ।
सन् २०२२ को जुन १५ देखि इन्टरनेट एक्सप्लोररको सपोर्ट बन्द गर्ने घोषणा माइक्रोसफ्टले गरेको थियो । माइक्रोसफ्टका अनुसार माइक्रोसफ्ट ३६५ एप एण्ड सर्भिसले आजबाट इन्टरनेट एक्सप्लोरलाई सर्भिस उपलब्ध गराउने छैनन् ।
केही अगाडिदेखि नै सेक्योरिटी सपोर्ट दिन छाडेको इन्टरनेट एक्सप्लोररलाई अन्ततः बन्द गरेको हो । माइक्रोसफ्टले आफ्नो विन्डोज १० अपरेटिङ सिस्टमबाट सफ्टवेयर अपडेटका माध्यमबाट इन्टरनेट एक्सप्लोररलाई स्थायी रुपमै निस्क्रिय बनाएको हो । यो सँगै विन्डोज १० वाला अपरेटिङ सिस्टमवाला सबै ल्यापटाप तथा कम्प्युटरमा इन्टरनेट एक्सप्लोररको प्रयोग गर्न सकिने छैन ।
स्मरण रहोस् कम्पनीले गत डिसेम्बरमा नै सन् २०२३ को फेब्रुअरी १४ देखि इन्टरनेट एक्सप्लोरर ११ एपलाई स्थायी रुपमै बन्द गर्ने घोषणा गरेको थियो । वास्तवमा माइक्रोसफ्ट कम्पनीले यसको नयाँ अपडेट ल्याउने तयारी गरेको छ जसमा विन्डोज १० तथा त्यसभन्दा पूरानो विन्डोज संस्करणमा इन्टरनेट एक्सप्लोरर बन्द गरिनेछ ।
कम्पनीका अनुसार इन्टरनेट एक्सप्लोररलाई माइक्रोसफ्ट एजमा रि९डाइरेक्ट नगरिएका डिभाइसहरु यसबाट प्रभावित हुनेछन् । त्यसबापत कम्पनीले माइक्रोसफ्ट एजलाई नयाँ अवतारमा पेश गर्दैछ ।
कम्पनीले आफ्नो एज ब्राउजरमा आर्टिफिसियल इन्टेलिजेन्स स्थापित गर्दैछ र त्यसबाट इन्टरनेट एक्सप्लोरर ११ को डेस्कटप एप्लिकेसनको साटो माइक्रोसफ्ट एजको आर्टिफिसियल इन्टेलिजेन्स मोडको प्रयोग गर्न सक्नेछन् । माइक्रोसफ्ट एजको नयाँ अपडेटका माध्यमबाट विन्डोज १० कम्प्युटरमा एक्सप्लोररलाई बन्द गरिनेछ । एक्सप्लोरर ११ का बाँकी प्रयोगकर्तालाई सजिलैसँग माइक्रोसफ्ट एजमा स्थानान्तरित हुनका लागि सहयोग गर्न कम्पनीले एज ब्राउजरमा अपडेट गर्न लागेको हो ।
इन्टरनेट एक्सप्लोरर माइक्रोसफ्टको सबैभन्दा पूरानो इन्टरनेट ब्राउजर हो । पहिलोपटक सन् १९९५ मा विन्डोज ९५ का लागि एड अन प्याकेजको रुपमा यो ब्राउजर राखिएको थियो ।
यसको विकल्पको रुपमा कम्पनीले पछिल्लो केही वर्षदेखि माइक्रोसफ्ट एजलाई अघि बढाएको छ । जुन अहिले विश्वको दोस्रो ठूलो वेब ब्राउजरको रुपमा स्थापित भइसकेको छ ।
सन् २०१५ मा कम्पनीले गूगल क्रोमको लागि बनाइएको क्रोमियम ओपन सोर्समार्फत माइक्रोसफ्ट एज बनाएको थियो । जसमा इन्टरनेट एक्सप्लोरको तुलानामा धेरै फिचर रहेका छन् । साथै यो प्रयोगकर्ता मैत्रीसमेत रहेको छ ।
प्रतिक्रिया