काठमाडौं–जीवन बिमा कम्पनीहरूले अभिकर्ता रिझाउन जथाभावी कर्जा दिने गरेको पाइएको छ । बिमा ऐनमा अभिकर्तालाई कर्जा प्रदान गर्न सकिने व्यवस्था भए पनि कम्पनीहरूले अभिकर्ता फकाउन जथाभावी कर्जा दिने पाइएको बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौेडेलले बताए । उनका अनुसार यस विषयमा समितिले अध्ययन गरिरहेको छ । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
जीवन बिमा कम्पनीहरूले अभिकर्तालाई घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्युटर र मोबाइल कर्जाका साथै नगद कर्जासमेत प्रदान गर्दै आएका छन् । सो शीर्षकमा १३ जीवन बिमा कम्पनीहरूले २०७५ असार मसान्तसम्ममा ८४ करोड ५२ लाख रुपैयाँ अभिकर्ता कर्जा प्रवाह गरेका छन् ।
प्रतिक्रिया