काठमाडौँ– बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले यहि फागुन २८ गते आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको बुधबार ९फागुन ३ गते० बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २८ गते काठमाण्डौको अनामनगरस्थित युनियन हाउसमा बिहान १० बजे आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीले गरेका लगानी स्वीकृत गर्नुका साथै लगानीसम्बन्धी निर्णय गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्नेछ।संस्थापक सेयरधनीबाट ४ जना र सर्वसाधारण सेयरधनीबाट २ जनाको प्रतिनिधित्व हुने गरी सञ्चालकहरुको निर्वाचन सभाले गर्नेछ। सभाले आर्थिक वर्ष २०७८–७९का वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १४ गते सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।
प्रतिक्रिया