काठमाडौं–सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अर्को वर्षदेखि एउटै गुणस्तरका कपडा खरिद गर्ने भएका छन् । समान गुणस्तरमा रङ मात्र फरक पर्ने गरी टेन्डर गर्ने सुरक्षा निकायले तयारी गरेको हो ।
सुरक्षाकर्मीले पाउने कपडासहित स्केलका सामानको गुणस्तर निर्धारण गर्न नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशकको संयोजकत्वमा एक समिति नै बनेको छ । समितिमा सेना, नेपाल प्रहरी र सशस्त्रका प्रतिनिधि सदस्य छन् । समिति सदस्य नेपाल प्रहरीका एसएसपी दीपक थापाले समितिको बैठक तीनपटक बसिसकेको बताए ।
छिटै गुणस्तर निर्धारण गर्ने र साउनमा टेन्डर गर्दा सबैले एउटै स्पेसिफिकेसन निर्धारण गर्ने तय भएको छ । गुणस्तर एउटै हुने र ती सामानको रङ मात्र फरक गरी टेन्डर गर्ने सुरक्षा निकायको तयारी छ । ज्याकेट, सर्ट, पाइन्ट, स्विटर, जुत्तालगायत सबै स्केलका सामानको निश्चित गुणस्तर निर्धारण गर्न लागिएको छ । नयाँ पत्रिका दैनिकमा दबर छापिएको छ ।
प्रतिक्रिया