सुरु भयो फेका कप

१ बर्ष अगाडि

 काठमाडौँ - स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को आयोजनामा १५ औं फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगिता आज बिहीबारदेखि सरु भएको छ ।

प्रतियोगितामा २४ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक मुरारीप्रकाश सन्जेलले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा कौस्तुभ, अक्षरिका, एमसीपीएस, शिक्षालय, हाइली क्रिएटिभ र एनएसपी तथा समूह ‘बी’ मा एकलब्य, प्रीतिमा, भीबीइएसएस, गोल्डेन बड, हाइल्यान्ड र एनएमइ रहेका छन् । अक्षरा, डेन्स, करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी, गोठाटार, श्रमशील र गेटवे समूह ‘सी’ मा छन् भने कस्मिक, एप्पल, पुष्प वाटिका, ओरियन्टल, कोटदेवी र ब्रम्हकुञ्ज समूह ‘डि’ मा छन् ।

विजेताले ३० हजार, उपविजेताले २० हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने फेकाका सचिव किरणप्रकाश न्यौपानेले जानकारी गराए । प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख १० हजार रुपैयाँ खर्च हुने बताइएको छ । खेलहरु पेस्सीकोलास्थित मैदानमा हुनेछ । फाइनल फागुन १३ गते सम्पन्न हुनेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया