पोखरामा प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता हुने

१ बर्ष अगाडि

काठमाडौँ - यही फागुनको ५ र ६ गते पोखरा रंगशाला आर्चरी मैदानमा गण्डकी प्रदेशस्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता हुने छ। दोस्रो संस्करणको प्रतियोगितामा रिकर्भ विधालाई समावेश गरिएको छ। गतवर्ष आर्चरीको ३० मीटर स्टाडण्र्ड विधामा मात्रै प्रतिस्पर्धा गराईएको थियो। नेपाल आर्चरी संघको प्राविधिक सहयोग एवं गण्डकी प्रदेश खेलुकद परिषदको आयोजनामा हुने प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट आर्चरी खेलाडीले प्रतिस्पर्धा गर्ने छ।  

प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्टाडण्र्ड तर्फ९३० मिटर०का पदक विजेता खेलाडीहरुले भने सोही विधामा प्रतिस्पर्धा गर्न पाउने छैनन्। त्यसो गत वर्षको विजेताले पनि स्टाडण्र्ड विधामै उपस्थिति जनाउन नपाउने कास्की आर्चरी संघले जनाएको छ। पहिलो संस्करणमा केवल स्टाडण्र्ड विधा मात्रै समावेश गरिएको थियो।

‘गतवर्षको विजेता र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्टाडण्र्ड विधाका पदक विजेता खेलाडीले स्टडण्र्ड विधामा प्रतिस्पर्धा गर्न पाउँदैनन्’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले भने, ‘उनीहरु अब अपग्रेड हुनुपर्छ। अपग्रेड भएकाहरुले रिकर्भमा प्रतिस्पर्धा गर्न पाउँछन।’ उनका अनुसार ७० मिटरको रिकर्भमा गण्डकी प्रदेशका सबै खेलाडीहरुले उपाधिको लागि प्रतिस्पर्धा गर्न पाउने छन्। रिकर्भमा गण्डकी प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीले समेत सहभागिता जनाउन सक्ने छन।  

पोखरालाई आर्चरीको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलको गन्तव्य बनाउने ध्येयसहित प्रदेश खेलकुद परिषद गण्डकीले वार्षिक कार्यक्रम गर्दै बजेट छुट्टाउँदै आएको छ। पोखरा महानगरपालिकाले पनि प्रतियोगितामा सहयोगी भूमिका खेलेको छ। प्रतियोगिता गण्डकी प्रदेशको मुस्ताड, मनाड, म्याग्दी, पर्बत, बागलुङ, र कास्कीबाट सहभागिता जनाउने अपेक्षा छ।  

तीन इभेण्टमा ९० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन्। दुई दिने प्रतियोगितामा रिकर्भ ओपन पुरुष–महिला र स्टाण्डर्ट पुरुष तर्फको एकलको खुल्ला प्रतिस्पर्धा हुने कास्की जिल्ला आर्चरी संघले जनाएको छ। रिकर्भ ओपन ७० मीटर र स्टाण्डर्ड ३० मीटर दुरीमा प्रतिस्पर्धा गराइने छ। ६० बर्ष भन्दा माथिका खेलाडीहरु बिच भेट्रान्सको प्रतिस्पर्धा हुने छ। ३० मीटरको दुरीको स्टाडण्र्ड विधामा प्रतिस्पर्धा गराईने संघले जनाएको छ।  

रिकर्भ खुल्ला पुरुष तर्फ विजेताले नगद ३० हजार, उपविजेताले नगद २० हजार र तेस्रो हुनेले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छ। रिकर्भ महिला तर्फ विजेताले नगद १५ हजार, दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुने खेलाडीले ५ हजार प्राप्त गर्ने छन्। स्टाडण्र्ड पुरुष तर्फ विजेताले नगद २० हजार, दोस्रोले नगद १५ हजार तथा तेस्रोले १०हजार नगद पुरस्कार पाउने छन्। 

भेट्रान्स तर्फ प्रथमले ८, दोस्रोले ५ र तेस्रो हुनेले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने संघले जनाएको छ। प्रतियोगितालाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रायोजन गरेको छ। प्रतियोगितामा गण्डकी प्रदेश आर्चरी संघको संयोजन तथा अन्नपूर्ण आर्चरी क्लबको व्यवस्थापन रहने छ।  

१ बर्ष अगाडि

प्रतिक्रिया