काठमाडौं- विदेशमा ख्यातिप्राप्त हर्ट्जले नेपालमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ ।
त्यसका लागि नेपालमा प्रेसिडेन्ट ट्राभल एण्ड टुर्स लिमिटेडलाई आधिकारिकरुपमा प्रतिनिधि नियुक्त गरेको छ ।
ट्राभल एण्ड टुरमा सफलता हात पार्दै गरेको प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले नेपालीहरुलाई विदेशका विभिन्न गन्तव्यमा भ्रमण गराउनका लागि सहकार्य गर्दै आएको छ । प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले मलेसियन एयरलाइन्स, रेलयुरोप, र सीडब्लूटीसँग सहकार्य गरेको छ भने यसले हर्ट्ज, थ्रिफिप्टी, डलर र एस लगायतका ब्राण्डहरुसँग यो सहकार्यपछि काम गर्ने जनाइएको छ । साझेदारीपछि हर्ट्ज अब प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले प्रदान गर्दै आएको सुविधा नेपालीहरुको पहुँचमा हुने जनाइएको छ । यो सुविधाअनुसार अब नेपालीहरुले भ्रमण गर्दा गाडी भाडामा लिएर सुविधा प्रयोग गर्न सक्नेछन् । हर्ट्जका एसिया प्रशान्त उपाध्यक्ष इयोन म्याकनिलले ‘अन्तर्राष्ट्रिय हवाइ यातायात संघ ९आईएटा०को मान्यता प्राप्त प्रेसिडेन्ट ट्राभल एण्ड टुर्ससँगको सहकार्यले यस क्षेत्रमा भरपर्दो सेवा र व्यवसाय विस्तारमा सहयोग पुग्ने बताएका छन् ।
यसैगरी प्रेसिडेन्ट ग्रुप अफ कम्पनिजका प्रबन्धनिर्देशक भोलाविक्रम थापाले हर्ट्जसँग भएको यो साझेदारीले नयाँ अवसर प्रदान गरेको र यसलाई कार्यान्वयन गर्न आफूहरु तयार रहेको बताए । प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले हर्ट्जलाई दक्षिण एसियाली क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्न र लगानी बढाउन मद्दत गर्नेछ । ग्लोबल होल्डिङ्सअन्तर्गत रहेको हर्ट्ज संस्थानले उत्तर तथा दक्षिण अमेरिका, युरोप, क्यारिबियन, अफ्रिका, मध्यपूर्व, एसिया, अष्ट्रेलिया र न्युजिल्यान्ड क्षेत्रमा हर्ट्ज, डलर र थ्रिफिप्टी ब्राण्डहरूमार्फत गाडी भाडामा उपलब्ध गराउने व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । यस अतिरिक्त हर्ट्ज संस्थानले केही विशिष्ट बजारहरूमा फायरफ्लाई कार रेन्टल, एस रेन्टल कार्स र हर्ट्ज २४र७ मार्फत थप सेवा दिँदै आएको छ । प्रेसिडेन्ट ग्रुप अफ कम्पनिज भने नेपालको पर्यटन क्षेत्रमा कार्यरत संस्था हो ।
प्रतिक्रिया