नेपाललाई जीतका लागि २ सय ७५ रनको लक्ष्य

१ बर्ष अगाडि

काठमाडौँ - कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत नामिबियाले नेपालसामु जीतका लागि २ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको हो ।

 नामिबियाका लागि जेन ग्रिनले नटआउट रहँदै सर्वाधिक ७५ रनको योगदान दिए भने पिक्की या फ्रान्सले रन आउट हुनअघि ४९ रन बनाए । ओपनर लो हान्द्रे लरेन्सले ४१ रन बनाउँद रुबेन ट्रम्पलम्यानले नटआउट रहेर २४ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसीले १ विकेट लिए । नेपालले यसअघि प्रतियोगितामा खेलेका दुवै खेल जितेको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया