लिम्बू सामुदायको राष्ट्रिय सम्मेलन चितवनमा

शनिबार, ०६ फागुन २०७९, १६ : ३२

काठमाडौँ - लिम्बू समुदायको साँझा संस्था किरात याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय सम्मेलन यही फागुन ७ र ८ गते चितवनमा हुने भएको छ । 

सम्मेलनमा १३ जिल्लाका दुई सय ८८ प्रतिनिधिको सहभागिता हुने चुम्लुङका महासचिव निरन्ती तुम्बापोले जानकारी दिए ।

उनले अनुसार सम्मेलनमा साङ्गठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा कार्यक्रम तय गर्ने महासचिव तुम्बापोले जानकारी दिए।
 
सम्मेलनमा ऐतिहासिकस्थलको संरक्षण, अमूर्त सांस्कृतिक सम्पदाको सूची निर्माण, समाधिस्थलको संरक्षणलगायतका विषयमा छलफल हुने छ ।
 
चुम्लुङका उपाध्यक्ष कमल लिम्बूले विसं २०७८ को जनगणनाअनुसार नेपालमा तीन लाख ८७ हजार बढी जनसङ्ख्या रहेको बताए । किरातीको भाषा संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०४६ सालमा यो संस्था स्थापना भएको थियो ।
 
यहाँ एक हजारको हाराहारीमा लिम्बू समुदायको बसोबास छ । पूर्वी पहाडी जिल्लामा बढी बसोबास गर्ने लिम्बू समुदाय पछिल्लो समय सहरी र तराई क्षेत्रमा  बसोबास गर्दै आएका छन् ।

 

शनिबार, ०६ फागुन २०७९, १६ : ३२

प्रतिक्रिया