काठमाडौँ – ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभा आउँदो चैत ४ गते डाकेको छ।
डाकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले आउँदो चैत ४ गते चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीस्थित उद्योग परिसरमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको हो ।
सभाले जारी पुँजीको २२।२३ प्रतिशतले हुन आउने आईपीओ जारी गर्न नियामक निकायमा धितोपत्र दर्ता गरी स्वीकृति लिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। आईपीओ बिक्रीबाट प्राप्त रकमको उपयोग गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले सञ्चालक समितिबाट प्रस्तुत गरिने वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण पनि स्वीकृत गर्नेछ।
प्रतिक्रिया