संचालनमा आयो २ नँँया एक्स्टेन्सन काउन्टर

आइतबार, ०७ फागुन २०७९, १२ : ३६

काठमाडौँ - लक्ष्मी बैंक लिमिटेडले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नँँया एक्स्टेन्सन काउन्टरहरु कास्की जिल्लाको पोखरा महानगरपालिको वडा नं ११ स्थित मनिपाल अस्पताल र सोही महानगरपालिको वडा नं १७ स्थित हिमालय आँखा अस्पतालमा संचालनमा ल्याएको हो ।

यी एक्स्टेन्सन काउन्टरहरुको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४४ शाखा, १६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६९ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ । यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

साथै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ वा मोवाईल बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आइतबार, ०७ फागुन २०७९, १२ : ३६

प्रतिक्रिया