पल्सर २२०-एफ पुन लन्च हुँदै

आइतबार, ०७ फागुन २०७९, १३ : ४१

काठमाडौँ- उत्पादन नै बन्द हुने हल्ला चलेको पल्सर २२०-एफ ग्राहकको अत्यधिक मागका कारण फेरि बजारमा उपलब्ध हुने भएको छ ।

ग्राहकको अत्यधिक मागका कारण कम्पनीले सो बाइक फेरि लन्च गर्न लागेको हो । बजाजले भारतका केही डिलरहरुमा सो बाइक उपलब्ध गराउन थालेको चर्चा चलेको छ । आगामी केही सातामै यसको डेलिभरी समेत हुने बताइएको छ । सो बाइकको मूल्य पनि करिव १ लाख ३५ हजार भारु नै हुनेछ, जुन पहिलेकै मूल्य बराबर हो । यद्यपि कम्पनीले आधिकारिक रुपमा यो बाइक र मूल्यको बारेमा केही बताएको छैन ।

बजाजले पल्सर एन–२५० र एफ–२५० बजारमा ल्याए पछि २२०–एफ बन्द गरेको थियो । यो बाइक बजाजको सबैभन्दा धेरै बिक्री हुने बाइक थियो । यसका कारण यसलाई फेरि बजारमा ल्याउने माग भइरहेको थियो । बजाज पल्सर २२०–एफमा २२० सीसीको फ्युल इन्जेक्टेड सिंगल सिलिन्डर डीटीएसआई इन्जिन छ, जसले २०=९ बीएचपी पावर र १८=५ एनएमको टर्क जेनेरेट गर्छ । यसममा ६–स्पिड गियर बक्स छ ।

बजाज पल्सर २२०–एफ कम्फर्ट र राइड पर्फमेन्स दुवैका लागि शानदार बाइक हो । सो बाइक पहिलो पटक सन् २००९ मा लन्च गरिएको थियो । यस पछि यसको इन्जिन, डिजाइन र पर्फमेन्समा कुनै परिवर्तन गरिएको छैन । नेपाली बजारमा हाल एबीएस सहितको पल्सर २२०–एफ उपलब्ध छ । यसको मूल्य ३ लाख ९४ हजार ९ सय रुपैयाँ छ ।

आइतबार, ०७ फागुन २०७९, १३ : ४१

प्रतिक्रिया