काठमाडौँ - कुनै समयको चर्चित जगदम्बा सिमेन्टको गुणस्तरबारे आम सर्वसाधारण सशंकित बन्न पुगेपछि जगदम्बा सिमेन्ट बिक्री हुन ठप्प भएको छ । भैहरवाका न्यौपानेहरुले संस्थापना गरेको सौरभ ग्रुपको मुख्य लगानी रहेको जगदम्बा सिमेन्टको गुणस्तरमा पटक पटक समस्या आउने गरेको थियो ।
पछिल्लो पटक उक्त सिमेन्टको नमुना नापतौल तथा गुणस्तर विभागबाट कुनै समस्या नै नहुने गरी पारित भएपनि आम प्रयोगकर्ताको बीचमा गुणस्तरहीन भन्ने सन्देश प्रवाह भएपछि बिक्री ठप्प हुने पुगेको छ । जगदम्बा सिमेन्ट प्रबन्ध निर्देशक विष्णु प्रसाद न्यौपानेका अनुसार विस २०७० सालदेखि २०७७ सालसम्म कम्पनीले बार्षिक एक करोड देखि तीन करोड बोरासम्म सिमेन्ट बिक्री गरेको थियो । भारतबाट क्लीङ्कर आयात गरी नेपालमा पिध्ने मात्रै काम गरी जगदम्बा सिमेन्टको नाममा ब्राण्डिङ हुँदै आएको सो सिमेन्टबारे आम प्रयोगकर्ताहरुले यथार्थ थाहा पाइसकेका छन् ।
मकवानपुरमा लामो समयदेखि निर्माण क्षेत्रमा कार्यरत भिम न्यौपानेका अनुसार जगदम्बा सिमेन्टको पिपिसी सिमेन्ट प्रयोग गरेर वाल तथा प्लाष्टर गर्दा भित्ता चर्किने समस्या आउने गरेको छ । आईआर रेसियो मापदण्ड भन्दा बढि भएका कारण यस्तो समस्या आएको सिमेन्ट प्राविधिकहरु बताउँछन् । जगदम्बा सिमेन्ट प्रयोग गरिएका प्रायः सबै घरका भित्ताहरुमा स–साना रेखा देखिएर चर्कने गरेका छन् । घुस सेटिङमा नापतौल तथा गुणस्तर विभागबाट गुणस्तर परिक्षण पास भएपनि प्रचार प्रसार र विश्वासको भरमा जगदम्बा सिमेन्ट प्रयोग गर्नेहरु पछुतो मान्न थालेका काठमाडौं बढानिलकण्ठ निर्माण प्राविधिक सुनकाजी श्रेष्ठ बताउँछन् ।
प्रतिक्रिया