आज स्कटल्याण्ड र नामिबियाबीच खेल हुदै

१ बर्ष अगाडि

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको जारी त्रिकोणीय सिरिजमा आज स्कटल्याण्ड र नामिबियाबीच खेल हुदै छ ।

काठमाडौँको किर्तिपुरस्थित टीयु क्रिकेट ग्राउण्डमा यो खेल विहान ९ बजेदेखि शुरु हुने छ ।

यस अघि सम्पन्न खेलमा नामिबियाले आफ्ना तिनै खेलमा हार बेहोरेको छ भने स्कटल्याण्डले एक जित र एक हर बेहोरेको छ । स्कटल्याण्डले यस अघि खेलेको खेलमा नामिबियालाई १० विकेटले हराएको थियो ।

यस सिरिजमा आयोजक रहेको नेपालले आफ्ना शुरुका तिनै खेलमा जित हासिल गरेर अपराजित गरेको छ । नेपालले अब सिरिजको अन्तिम खेलमा मंगलबार स्कटल्याण्डको सामना गर्ने छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड ३४ खेलमा ४८ अंकसहित शिर्ष स्थानमा रहेको छ र २०२३ को विश्वकप क्वालिफायरका लागि छनौट भइसेकोको छ । त्यस्तै नामिबिया ३३ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेपाल अहिले २७ खेल खेल्दै २४ अंकसहित छैटौं स्थानमा रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया