टस जितेर नामिबिया फिल्डिङमा

१ बर्ष अगाडि

काठमाडौँ-  आइसिसी विश्वकप लिग– २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध टस जितेर नामिबियाले पहिला फिल्डिङ रोजेको छ ।

 
टियु क्रिकेट मैदान जारी खेलमा नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।


नामिबिया सुरुवाती तीनै खेलमा नै पराजित भएको छ । जारी खेलमा नामिबिया स्कटल्यान्डलाई हराउन चाहन्छ । नेपालसँग तीन विकेटले पराजित स्कटल्याण्डलाई पराजित गर्ने दाउमा नामिबिया छ । तर, तीन खेल अगावै लिग च्याम्पियन बनिसकेको स्कटल्यान्डमाथी बिजय हासिल गर्न भने नामिबियालाई त्यति सहज छैन ।

१ बर्ष अगाडि

प्रतिक्रिया