मनकामना दर्शनको विशेष सहयोग

सोमबार, ०८ फागुन २०७९, १६ : ४३

काठमाडौँ - आज मिति २०७९/११/०८ गतेका दिन मनकामना दर्शन प्रा.लि.ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व  अन्तर्गत शहिद लखन गाउँपालिकालाई विशेषत वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्र  4 wd JIVO 245 DI ट्याक्टर र हाइड्रोलिक ट्रेलर कुरिनटार स्थित अग्नी इनकर्पोरेटेड प्रा.लि.को अफिस प्राङ्गणमा कम्पनीका निर्देशक  राजेश बाबु श्रेष्ठले  गाउँपालिका अध्यक्ष  रमेश बाबु थापालाई हस्तान्तरण गरियो । उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यहरुको लगायत यस प्रा.लि.का उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो । उक्त ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा समेत सकरात्मक कार्य एवं सशक्त प्रभाव रहनेमा कम्पनी विश्वस्त रहेको बताएको छ । 
  

सोमबार, ०८ फागुन २०७९, १६ : ४३

प्रतिक्रिया