खल्तीको आर्कषक योजना

सोमबार, ०८ फागुन २०७९, १७ : ५३

काठमाडौँ - डिजिटल वालेट खल्तीले ‘ईएमआई डन( १०० प्रतिशत रिटर्न’ अफर पुनः ल्याएको छ । यस अफरअन्तर्गत खल्तीमार्फत आफ्नो सवारीको ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जनाले १०० प्रतिशत क्याशब्याक (रु. ५००० को अधिकतम सीमाका साथ)प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

 यस अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एण्ड इन्भेष्टमेन्ट, स्याकार होन्डा र एमएडब्लू इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडमध्ये कुनै एकको ईएमआई भुक्तानी गर्न सक्नेछन् ।

यो अफर २०८० वैशाख १ गतेसम्म मान्य हुने बताइएको छ, जसमा कुल आठ जनाले शतप्रशित क्याशब्याक जित्न सक्नेछन् ।  

सोमबार, ०८ फागुन २०७९, १७ : ५३

प्रतिक्रिया