ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीमा सार्वजनिक

मंगलबार, ०९ फागुन २०७९, १४ : १३

काठमाडौँ - महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ग्राहक एवं सर्वसाधरणको मन जित्न सफल ट्रियो इलेक्ट्रिक अटो फागुन ७ गते सिन्धुलीमा सार्वजनिक गरेको छ। 

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता इनर्जी प्रालिले कमलामाई नगरपालिका –६ राम्माडीमा ट्रियो इलेक्ट्रिक अटो मेयर उपेन्द्रकुमार पोखरेल, उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका साथै अग्नि ग्रुपका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक गरिएको हो। समारोहमा ५ जना ग्राहकलाई महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो पनि वितरण गरिएको थियो।

 अग्नि इनर्जीका कमलामाई नगरपालिका–६ राम्माडीका लागि विक्रेता मरिण इभरग्रिन इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशकद्वय खडकबहादुर श्रेष्ठ र टिकाबहादुर श्रेष्ठका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन्। उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ।

मंगलबार, ०९ फागुन २०७९, १४ : १३

प्रतिक्रिया