काठमाडौँ - ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए), हङ्जउ एसियाली खेल आयोजक समिति र नेपाल राष्ट्रिय ओलम्पिक कमिटी मिलेर एसियाली खेलकुद फन रन आयोजना गरेको छ । एसियाली खेलकुद र नेपालमा ओलम्पिक प्रवर्द्धन गर्न उक्त खेलकुद फन रन आयोजना गरिएको बताइएको छ ।
दराज नेपाल यस अभियानको समर्थकको रूपमा रहको थियो । उक्त फन रनमा कुल प्रतिस्पर्धीहरूमध्ये दराजबाट १४ धावकहरूले भाग लिएका थिए । कार्यक्रम फेब्रुअरी १७ मा बिहान ६:३० बजे पाटन दरबार स्क्वायरमा आयोजना गरिएको थियो । दौड पाटन हुँदै लगभग ३.५ किलोमिटरको कोर्स थियो ।
एसियाली खेलकुद फन रन नेपाल ओलम्पिक कमिटीसँग एसियाली खेलकुद प्रवर्द्धनका लागि ओसिएको जारी प्रयासको एक हिस्सा हो । यसको उद्देश्य खेलाडी, विद्यार्थी, बालबालिका र खेलकुद अधिकारीलाई एकैठाउँमा ल्याउने रहेको बताइएको छ ।
प्रतिक्रिया