प्रसारणमा आउँदै,  "मुन्द्रेको कमेडी क्लब "

मंगलबार, ०९ फागुन २०७९, १८ : २५

काठमाडौँ - हास्य कलाकार जितु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतेबाट प्रसारणमा आउने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जितु नेपालले ‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतबाट कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने जानकारी दिएका हुन् । 

 जितुको शोको यो नयाँ सिजनमा अध्यक्ष प्रियङ्का कार्की रहनेछिन् । यस्तै कलाकारमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहनेछन् । सुमन गिरी संयोजक रहने शोको निर्देशक दिनेश डिसी रहेका छन् ।

देशका विभिन्न लब्ध प्रतिष्ठित विभिन्न विधाको व्यक्तिहरु पाहुरनाका रुपमा स्विकार गरि मनोरञ्जन प्रदान गर्ने विश्वास जितु नेपालले लिएका छन् ।

मंगलबार, ०९ फागुन २०७९, १८ : २५

प्रतिक्रिया