न्यादी हाइड्रोपावरले आफ्नो १५ औँ वार्षिक साधारणसभा आउँदो चैत ६ गते गर्ने

बुधबार, १० फागुन २०७९, १० : ०७

काठमाडौँ – न्यादी हाइड्रोपावर लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा गर्ने निर्णय गरेको हो । 

सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने एकजना महिला सञ्चालकसहित दुईजना सञ्चालकहरुको निर्वाचन गर्नेछ। सभामा आर्थिक वर्ष २०७८–७९को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गरिनेछ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन १९ गतेदेखि चैत ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन पाउनेछन्। 

बुधबार, १० फागुन २०७९, १० : ०७

प्रतिक्रिया