काठमाडौँ – टेल्जी इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक योममा ई–स्कुटरले लायन स्कुटरको नयाँ पावर क्लाउड मोडल उपलब्ध गराएको छ । लायन इलेक्ट्रिक स्कुटर पहिले देखि नै उपलब्ध भए पनि पावर क्लाउड मोडल भने हेर्दा नै निकै आकर्षक कलरमा उपलब्ध छ ।
सो स्कुटरमा भएको मोटरको रेटेड पावर २.५ किलोवाटको छ भने यसको पिक पावर ४ किलोवाटको छ । यसमा भएको ४५ एएच ७२ भोल्टको लिथियम आयोन ब्याट्रीले सिंगल चार्जमा १६० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ ।
१६५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो स्कुटरको स्ट्यान्डर्ड म्याक्सिमम स्पिड ६० किलोमिटर प्रतिघण्टा छ । स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, बिल्ट–इन स्टेरियो स्पिकर, एलईडी हेडलाइट तथा डीआरएल, सीबीएस डिस्क ब्रेक, डाइनामिक एलसीडी तथा सेक्युरिटीका लागि एन्टी थेफ्ट अलार्म जस्ता फिचर रहेका छन् ।
यसमा २५ लिटरको बुट स्पेस छ, जसका कारण २ वटा हेल्मेट सम्म सहज तरिकाले राख्न सकिन्छ ।
टेल्जीको सो इलेक्ट्रिक स्कुटरको मूल्य ३ लाख ३० हजार रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया