याक होटलले डाक्यो साधारण सभा

विहीबार, ११ फागुन २०७९, १२ : २८

काठमाडौँ - याक एण्ड यती होटल लिमिटेडले चैत ३ गते ४६औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभा रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा अपरान्ह ३ बजे सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०७८र७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउने कम्पनीले जनाएको छ । 

सभा प्रयोजनका लागि फागुन १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले फागुन ११ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

विहीबार, ११ फागुन २०७९, १२ : २८

प्रतिक्रिया