कारोबारमा आयो नबिल फ्लेक्सी क्याप फण्डको इकाई

विहीबार, ११ फागुन २०७९, १२ : ४३

काठमाडौँ - नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भई रहेको नबिल फ्लेक्सी क्याप फण्डको इकाई फागुन ११ गतेदेखि कारोबारमा आएको छ । योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय सेन्ट्रल प्लाजा, नारायणचौर, नक्साल, काठमाडौंमार्फत खरीद बिक्री गर्न सकिने व्यवस्था मिलाईएको हो ।

खुला मुखी प्रकृतिको यस फण्डको इकाई खरीदविक्रीमा लागि आईतबारदेखि बिहीबारसम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काउन्टर खुल्ला रहने जानकारी योजना व्यवस्थापकले दिएको छ । 

शुक्रवार, शनिवार सार्वजनिक विदाको दिन योजनको इकाई खरीदविक्री कार्य बन्द हुने जानकारी समेत योजना व्यवस्थापकले गराएको छ । यस फण्ड सञ्चालनका लागि प्रति इकाई रू. १० का दरको ७ करोड ५० लाख इकाई जारी गरिएको छ । 
 

विहीबार, ११ फागुन २०७९, १२ : ४३

प्रतिक्रिया