काठमाडौँ- हिरो मोटोकर्पले ३० जनवरीमा जुम ११० स्कुटर लन्च गरेको थियो ।
हाल यो स्कुटरको डेलिभरी सुरु भइसकेको छ ।
यो विश्वको पहिलो कर्नरिङ ल्याम्प भएको स्कुटर हो । कम्पनीले यसमा एड्भान्स फिचर समावेश गरेको छ । सो फिचर सामान्यतया प्रिमियम स्कुटरमा मात्र देख्न सकिन्छ । हिरो जुम ११० मा एच आकारको एलईडी डीआरएल, प्रोजेक्टर लेन्स एलईडी हेडल्याम्प देख्न सकिन्छ ।
सो स्कुटरमा ब्लुटुथ कनेक्टिभिटीको साथमा डिजिटल कन्सोल, आई३एस स्टार्ट स्टप सिस्टम, युएसबी चार्जर र बुट लाइटको साथमा बुट स्टोरेज पनि उपलब्ध छ । यसमा १२ इन्चको डायमन्ड कट अलोय ह्विल र कम्बी ब्रेकिङको साथमा फ्रन्ट डिस्क ब्रेक उपलब्ध छ । ब्लुटुथ कनेक्टिभिटी फिचरको माध्यमले एसएमएस अलर्ट पनि देख्न सकिन्छ । यसमा लो फ्युल इन्डिकेटर, थेफ्ट अलर्ट, ट्राक माई भेइकल, टेलिमेट्री डेटा जस्ता फङसन उपलब्ध छ ।
हिरोको यो स्कुटरमा भएको १०९ सीसी सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड इन्जिनले ८ बीएचपीको पावर र ८.७ एनएमको टर्क जेनेरेट गर्छ, जसलाई सीभीटी युनिटबाट जोडिएको छ । स्कुटरको तौल १०९ किलोग्राम छ । यसमा टेलिस्कोपिक फ्रन्ट फोक्र्स र रियरमा सिंगल शक एब्जर्बर समावेश छ ।
हिरो जुम स्कुटरले सो सेगमेन्टमा होन्डा डियो, होन्डा एक्टिभा ६जी र टीभीएस जुपिटर ११० मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया