काठमाडौँ- नेपाल राष्ट्र बैंकले अनुसार आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जस अनुसार,अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६८ पैसा, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ र बिक्रीमा १४० रुपैयाँ ६३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ९० रुपैयाँ १३ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ५४ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७ पैसा तोकिएको छ ।
यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा, चाइनिज युआन एकको खरिदमा १९ रुपैयाँ १५ पैसा र बिक्रीमा १९ रुपैयाँ २३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ २० पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ३६ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ३६ पैसा पर्नेछ ।
प्रतिक्रिया