काठमाडौं – फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकलले नेपाल भित्र्याएका ईभी भ्यानको सफलतापूर्वक परीक्षण सम्पन्न गरेको बताएको छ ।
१५ दिनको सफल परीक्षण पश्चात यी भ्यान नेपालमा कार्बन उत्सर्जन घटाउने दिशामा एउटा महत्वपूर्ण कदमको रूपमा उपलब्ध हुने प्रमाणित भएको कम्पनीको भनाइ छ ।
यी भ्यानहरु वातावरणमैत्री र किफायती दुबै रहेको र यातायातको सहज र भरपर्दो इलेक्ट्रिक भेइकल हुनेमा कम्पनी विश्वस्त रहेको जनाइएको छ ।
एमएडब्लु वृद्धि कमर्र्सियल भेइकलले दुई मोडलका ईभी प्यासेन्जर भ्यानहरू ल्याएको छ । ती मध्ये एउटा १४ सिट क्षमताको र १६ सिट क्षमताको रहेका छन् । यसका साथै कम्पनीले ईभी कार्गो भ्यान पनि नेपाल भित्र्याएको छ ।
कम्पनीका अनुसार यी इलेक्ट्रिक भ्यानले एक पटक चार्जमा २५० किलोमिटरको रेन्ज दिन्छन् । यसकारण यी भ्यानले लामो यात्रा र व्यावसायिक प्रयोगको लागि सहज बनाउँछ।
कम्पनीका सेल्स हेड नवीन आचार्य भन्छन्, ‘हाम्रा ईभी भ्यानहरु नेपाली बाटो र माटोको लागि उपयुक्त छन् भनेर सफलतापूर्वक परीक्षण सफल भएको जानकारी दिन पाउँदा हामी खुसी छौं। तिनीहरूले सहज र प्रभावकारी ढुवानी प्रदान गर्दछ, साथै हरितगृह ग्यासहरूको उत्सर्जनलाई पनि कम गर्छ, जसले गर्दा स्वच्छ र हरियाली वातावरणमा योगदान पुर्याउँछ ।’
प्रतिक्रिया